Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मतदान स्थलमा भोट माग्दै रामचन्द्र पौडेल


काठमाडौं, २५ फागुन ।  नेपाली कांग्रेससहित ८ दलबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित मतदानस्थल पुगेका छन्। पौडेल मतदान हुनुभन्दा १५ मिनेट अघि नै मतदान स्थल पुगेका थिए। पौडेलले मतदानका लागि लाइनमा बसेका सांसदहरू तथा प्रदेश सभा सदस्यहरूसँग मत मागिरहेका छन्।

पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ८ दल र सांसद तथा प्रदेश सभा सदस्यहरूले आफूलाई सहयोग गर्ने भएकोले निर्वाचित हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन्। आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ। राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट