Techie IT
  • ६ जेठ २०८१, आईतबार
Jhilko

प्रचण्डले मलाई राष्ट्रपति बन्न प्रस्ताव गरे पनि रामचन्द्र पौडेललाई समर्थन गरेको हुँ : माधव नेपाल


काठमाडौं, २५ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको बताएका छन् ।

संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले प्रचण्डले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरे पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका हुन् ।

नेपालले भने, ‘मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दा नेपाली कांग्रेसलाई नै राष्ट्रपतिको उम्मेदवार बनाऔं । हामी सबैको सहयोगमा पौडेल जीलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हौं । उहाँलाई राष्ट्रपति उम्मेदवार बनाउन हाम्रो पनि भूमिका छ । ’


क्याटेगोरी : राजनीति
ट्याग : #madhav nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट