Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न मिल्दैन : जनार्दन शर्मा


काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न नमिल्ने बताएका छन् । बिहीबार टंवीटरमार्फत् शर्माले शान्ति प्रक्रियालाई भाँड्न खोज्नु सिंगो संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको षड्यन्त्र भएको बताएका छन् ।

प्राप्त उपलब्धिको रक्षा गर्न शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमामार्फत् निष्कर्षमा पुर्‍याउनुको विकल्प नभएको उनको भनाई छ । ‘शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न मिल्दैन। यस प्रक्रियालाई भाँड्न खोज्नु सिंगो संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको षड्यन्त्र हो,’ उनले भनेका छन्, ‘प्राप्त उपलब्धिको रक्षा गर्न शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा मार्फत निश्कर्षमा पुर्‍याउनुको विकल्प छैन।’


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #janardan sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट