Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपतिबाट राजसंस्था छ भन्ने आभाष हुने कार्य भयो, यो क्रमलाई भंग गर्न जरुरी छ : गगन थापा


काठमाडौं, २५ फागुन । सांसद् गगन थापाले राष्ट्रपतिले संविधानको रक्षा र पालनामा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । संसद् भवनमा राष्ट्रपतिमा मतदानपछि थापाले संस्थाप्रतिको जनविश्वास जोगाउनु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

थापाले भने, ‘यो निर्वाचनपछि आउने राष्ट्रपतिले कतिपय कुरालाई सच्याउँदै जानुपर्छ । संस्थाप्रतिको जनविश्वास जोगाउनुपर्छ । राष्ट्रपतिले संविधानको रक्षा पालना र आचरणमा ध्यान पुर्‍याउनुपर्छ । हामीले बनाएको नियम कानुन हो । राष्ट्रपतिलाई दोष दिएर हुँदैन । राजसंस्था छ भन्ने आभाष हुने कार्य भयो । यो क्रमलाई भंग गर्न जरुरी छ ।’

राष्ट्रपतिको व्यहारबाट राजसंस्थाको निरन्तरता छ भन्ने आभाष पनि भएको भन्दै यो क्रमलाई अब भंग गर्नुपर्ने बताए । राष्ट्रपति सडकमा ननिस्किउन् भन्ने ठान्नुपर्ने अवस्था आएको थापाको भनाइ छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #gagan thapa, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट