Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।  निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ ।

डेढ दशकअघि ठूलो वलिदानीपूर्ण संघर्षबाट गठित जनप्रतिनिधिसभा संविधानसभाबाट संघीय गणतन्त्र घोषणा गरेपछि नयाँ राष्ट्रपतिमा तेस्रो व्यक्ति र कार्यकालका हिसाबले उनी चौथो राष्ट्रपति बनेका हुन् ।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेसका रामवरण यादव पहिलो राष्ट्रपति बनेका थिए । आफ्नो कार्यकाल पूरा गरेपछि नेकपा एमालेकी विद्यादेवी भण्डारी दुई कार्यकालका लागि राष्ट्रपति भइन ।

कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ राष्ट्रपतिमा प्रतिस्पर्धामा थिए । पौडेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीसहित अधिकांश दलले समर्थन गरेका थिए । नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि लडेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो । एमालेसँग निकटतामा रहेका यी दलहरु तटस्थ बस्दा एमालेका उम्मेदवार नै कमजोर भए ।

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभाका २७३ सांसद र राष्ट्रियसभाका ५९ र प्रदेशसभा सदस्य ५५० जना मतदाता छन् । निर्वाचनमा कुल आठ सय ८२ मतदाता हुन । निर्वाचनमा कुल मतभार ५२ हजार सात सय ८६ रहेको छ । यसमा रामचन्द्रै पौडेलले ३३ हजार ८०२ र सुवास नेम्बाङले १५ हजार ५१८ मत पाए ।

नेकपा एमालेको १५ हजार २८१ मत छ ।

संयोगवश पौडेल र नेम्वाङ दुवै पूर्वसभामुख हुन् । यसबाहेक, पौडेल पार्टी राजनीतिमा सक्रिय समकालीन नेताहरूमा सबैभन्दा वरिष्ठ नेता हुन् । उनी नेपालको सबैभन्दा अनुभवी नेता हुन् । नेम्वाङले संविधान निर्माण र जारी गर्ने संविधानसभाको पनि नेतृत्व गरेका थिए । उनी नेताहरूमाझ लोकप्रिय मानिन्छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीचको विवादअघि नै एमालेले नेम्बाङको नाम अघि सारेको भए नेम्बाङ राष्ट्रपति बन्न पनि सक्थे । तर, ओलीले ईश्वर पोखरेल र अरू आफ्ना ‘रबर स्टाम्प’ नेताहरुलाई शीर्ष पदमा अगाडि बढाएपछि प्रचण्डलाई आशंका बढायो, जसले दुई महिनामा नै एमालेसँगको गठबन्धन तोड्न प्रेरित गर्यो ।

पौडेल र नेम्वाङ दुवै अनुभवी राजनीतिज्ञ हुन् । उनीहरु विदेशी शक्तिसँग पनि सन्तुलन राख्न सक्ने नेताको रुपमा बुझिन्छ । पौडेल भारतीय संस्थापन नेताहरुसँग नजिक रहेको बताइन्छ भने नेम्बाङलाई पश्चिमा खासगरी युरोपियन युनियनसँग विश्वासिलो नेता मानिन्छ । पटकपटक गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई समर्थन गरेकोमा पनि नेम्बाङको ब्यापक आलोचना भएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट