Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

उपराष्ट्रपतिका उम्मेदवार यादव विरुद्ध दुई वटा उजुरी


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध दुई वटा उजुरी परेका छन् । यादव विरुद्ध नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीको तर्फबाट छुट्टाछुट्टै उजुरी परेका हुन् ।

दुवै उजुरीमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि पुरुष राष्ट्रपति निर्वाचित भइसकेको अवस्थामा यादवको उम्मेदवारी संविधान विपरीत भएको जिकिर गर्दै यादवको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम अनुसार आज बेलुकी ६ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरीको भोलि दिउँसो १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिइने बताएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट