Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं : प्रधानमन्त्री प्रचण्ड


‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ,’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन्। समाजवादी मोर्चा बनेसँगै त्यसको जगमा कम्युनिस्ट एकताको पहल हुने प्रचण्डले बताएका हुन्।

शनिबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले एकताका लागि बहस सुरू हुने बताए। ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ,’ प्रचण्डको भनाइ छ।

प्रचण्डले माओवादी धाराका कम्युनिस्टबिच छलफल भइरहेको वताए। ‘संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन्। चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ,’ उनको भनाइ छ।

एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थी एकताको पक्षमा रहेको प्रचण्डको दाबी छ। ‘एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्‍यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्’ उनले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट