Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

‘विप्लव’ र ‘प्रकान्ड’ भएर झलनाथ खनाल भेटन पुगे


काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकान्ड’ पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् ।

आइतबार खनाल निवास डल्लुमा करिब दुई घण्टा भएको भेटवार्तामा वर्तमान समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा कुराकानी भएको छ । त्यसक्रममा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गएप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरुबीच एकताको सम्भावनाबारे कुराकानी भएको नेता खनाल निकट श्रोतले जनाएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट