Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रमिलाकुमारी यादवले लिइन् उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता, रामसहाय यादवलाई सघाउने


काठमाण्डौं, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् ।

आज सोमवार एक प्रेस विज्ञप्ति निकालेर यादवले प्राविधिक कारणले उम्मेदवारको सूचीमा नाम रहेको भन्दै आफूले फिर्ता लिएको घोषणा गरेकी हुन् । उनले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई सघाउने पनि बताएकी छिन् ।जसपाबाट रामसहाय यादव पनि उपराष्ट्रपतिमा उम्मेदवार छन् । त्यस्तै नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको सूचीमा भने यथावत् रहनेछ । निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । कसैले उम्मेदवारी फिर्ता नलिएपछि फागुन २८ गते बेलुकी आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुँदैछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट