Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

२१ तोपको सलामीसहित निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ


काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शितल निवासबाट बिदाइ गरिएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरेका हुन् । निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए ।

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कार्तिकमा निर्वाचित भएकी थिइन् । पहिलो कार्यकाल करिब २२ महिनाको रहेको थियो । उनी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते भएको थियो‚ जसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट