विप्लव र कर्णजित बुढा नेतृत्वको पार्टीबीच एकता हुँदै, पत्रकार सम्मेलन आज

काठमाडौं, १ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ ।
पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए । आज प्रज्ञा भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने शर्माको भनाइ छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot
प्रतिक्रिया