Techie IT
  • ११ वैशाख २०८१, मंगलबार
Jhilko

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बस्दै, उपराष्ट्रपति उम्मेदवारमा सहमति खोजिने


काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने गठबन्धन बैठकमा पनि शीर्ष नेताहरूको सहभागिता रहनेछ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।

छलफलमा सहभागी एक नेताका अनुसार १० दलका बीचमा साझा उम्मेदवार तय गर्ने विषयमा सकारात्मक रूपमा छलफल भएकोले आज बस्ने बैठकले यस विषयमा सहमति जुटाउने छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी थिए ।

नेताहरूले जसपाका यादवलाई साझा उम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न सकिरहेको छैन ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट