Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

स्ववियु चुनावको मौन अवधि सुरु


काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि मौन अवधि सुरु भएको छ ।

स्ववियु निर्वाचन आचारसंहिता अनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न पाइने छैन । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ ।

चुनावलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले स्वच्छ र शान्तपूर्ण बनाउन तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए । उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए । आउँदो ५ गते स्ववियु चुनाव हुँदैछ ।

कतिपय क्याम्पसमा विवादका कारण चुनावी प्रकृया अघि बढ्न सकेको छैन । विवाद मिलाउने तयारी भइरहेको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट