Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति चयनका लागि मतदान सुरू


काठमाडौं, ३ चैत । उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेबाट मतदान सुरू भएको हो।

दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन्। पहिलो मतदान सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले गरेका छन्।

संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।​

जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट