Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

उपराष्ट्रपतिको निर्वाचन भोट हाल्न मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर ल्याइयो


काठमाडौं, ३ चैत । संसद भवनमा जारी उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना प्रदेश राज्यमन्त्रीलाई एम्बुलेन्समा हालेर भोट हाल्न ल्याइएको छ।

मधेश प्रदेशमा जनता समाजवादीका सांसद तथा सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइएको हो। राज्यमन्त्री आजादको खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रामा सेन्टरमा अपरेशन गरिएको थियो।

अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो। एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्‍याइएको छ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #hot, #samsad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट