Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुलुकमा पित पत्रकारिता निकै डर लाग्दोगरी देखापरेको छ, यसलाई प्रश्रय दिनु हुँदै : सभामुख घिमिरे


काठमाडौं, ३ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा पीत पत्रकारिता बढ्दैगएकाले त्यसलाई प्रश्रय दिन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घको टोलीसँग आज शुक्रबार सिंहरदवारस्थित आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले सो कुरा बताएका हुन् ।

“थर्काएर, किनेर, फकाएर बिग हाउसहरुले वातावरणलाई प्रभावित पार्ने कोसिस गरिरहेका छन्, पत्रकार त्यसबाट मुक्त हुनुपर्छ” सभामुख घिमिरेले भने, “मुलुकमा पित पत्रकारिता निकै डर लाग्दोगरी देखापरेको छ, यसलाई पत्रकारले प्रश्रय दिनु हुँदैन ।” पत्रकारले जिम्मेवारीपूर्वक पत्रकारिता नगरेमा त्यसको असर समाजमा पर्ने भन्दै सभामुख घिमिरेले समाज, जनता र देशप्रति जिम्मेवार भएर पत्रकारले कलम चलाउनुपर्ने सुझाव दिए ।

सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए । सभामुख घिमिरेले भने ‘पत्रकार जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्ने हो त्यस्तो गरेको देखिँदैन ।” पत्रकार महासङ्घले त्यसमा समन्वयकारी भूमिका खेल्नुपर्ने उनले बताए । समस्या समाधानमा सबै लाग्नुपर्ने उनको धारणा छ ।

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुनेगरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारले पनि भूमिका खेल्नुपर्ने बताए । कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारको भूमिका महत्वपूर्ण हुने उनले चर्चा गरे । सभामुख घिमिरेले भने, ‘कानुनको अभावमा धेरै नराम्रा कुराहरु भइरहेका छन् । नयाँ परिस्थिति तथा परिवेशहरु सञ्चारक्षेत्रमा देखापरिरहेका छन् । कन्ट्रोल गर्ने समस्याहरु देखापरेका छन् । यी कुराहरुमा राजनीतिक पार्टीहरुको चेतना पुग्नुपर्छ ।’

छलफलका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मिडियामैत्री कानुन निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए। सो अवसरमा महासङ्घका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको सहभागिता थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट