Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, आजै मत परिणाम


काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनमा मतदान सकिएको छ । मतगणना अहिले ३ : ३० बजेदेखि सुरु हुनेछ ।

निर्वाचनमा संघतर्फ ३११ मत मात्र खसेको छ। ३३२ मतमध्ये निर्वाचन प्रकृयामा राप्रपाका १४ र नेमकिपा एक गरेर १५ जना सांसद तटस्थ बसेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयअनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उनको मत खसेन । यस्तै, नोपली कांग्रेसका सांसद चन्द्र भण्डारी, नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी तथा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन उपस्थित भएनन् ।

यता, जसपा सांसद सहनाज रहमानको मृत्यु भएकाले उनको स्थान पनि रिक्त छ । यस्तै सांसद मनोरमा शेरचन पनि अनुपस्थित भएकी छिन् । प्रदेशतर्फ ५५० मतमध्ये ५१८ मात्र मत खसेको छ । राप्रपाका २८, नेमकिपाको तीन र जसपाका एक सांसदले मत खसेन ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट