Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनिर्वाचित उपराष्ट्रपति यादवले भोलि पदको शपथ लिने


काठमाडौं, ५ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ । शुक्रबार उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएको प्रतिवेदन आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्दै छन्।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको परिणाम सहितको प्रतिवेदन आज पेश गर्न लागिएको हो।

रामसहाय यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्। चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन्। यस्तै जनमतकी ममता झाले २ हजार ५३७ र प्रमिला यादवले ४८ मत प्राप्त गरेकी थिइन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट