Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पहिला विश्वासको मत लिँदा ९९.२५ थियो, भोलि सय प्रतिशत नै हुन्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमवार (भोलि) शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

उनले पहिला ९९.२५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे। उनले भने, ‘‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ।’’

प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट