Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

विद्यार्थीले खुकुरी देखाएपछि बुढीनन्दा क्याम्पसको निर्वाचन स्थगित, २४ राउन्ड हवाई फायर


बाजुरा, ५ चैत । नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूका विद्यार्थीले खुकुरी देखाएपछि बाजुराको बुढीनन्दा क्याम्पसको निर्वाचन दुई घन्टादेखि स्थगित भएको छ।

एकीकृत समाजवादी र नेकपा एमाले सम्बद्ध विद्यार्थीबीच झडप भएपछि स्ववियु निर्वाचन बिथोलिएको हो। यस क्रममा प्रहरीले कम्तिमा २४ राउन्ड हवाई फायरर गरेको छ। भीड नियन्त्रण गर्न अश्रु ग्यसासहित हवाई फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय कोल्ठीका प्रहरी निरीक्षक सुरेश सिंहले जानकारी दिए।

उनका अनुसार आइतबार विहान मतदान गर्ने क्रममा एकीकृत समाजवादीका विद्यार्थीले खुकुरी प्रदर्शन गरेका थिए। प्रहरीले दावा गुरुङ नामका व्यक्तिलाई नियन्त्रण लिएको छ।

दुई पक्षबीच सहमति गराउने प्रयास गरे पनि हुन नसकेको सिंहले बताए। ुदुई पक्षबीच सहमतिको प्रयास भइरहेको छ। तर उहाँहरूले मानिरहनुभएको छैन,ु उनले भने।

बुढीनन्दामा ४१२ मतसंख्या रहेका छन्। जसमध्ये ५३ मतमात्र खसेको छ। निर्वाचन बिथोल्ने प्रयासस्वरुप यस्तो कार्य भइरहेक विद्यार्थी नेताहरूले बताएका छन्। आज देशभरिका क्याम्सहरूमा १४ वर्षपछि स्ववियु निर्वाचन भइरहेको छ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट