Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

यो गठबन्धन पाँच वर्ष नै टिक्छ, नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ : माधव नेपाल


काठमाण्डौं, ६ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष नेपालले अहिलेको गठबन्धन आउँदो पाँच वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताए । उनले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वाभविक नरहेको बताए ।

उनले भने, ‘फेरि वैशाखको अर्को हप्ता विश्वासको मत लिनुपर्ने त होइन भन्ने कुरा उठेको छ । यो आशङ्का गर्नु अस्वाभाविक होइन तर त्यो अवस्था आउँदैन । यो गठबन्धन पाँच वर्ष नै टिक्छ, राज्यका सबै समस्याहरूको समाधान गरेर अघि बढ्छ । नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ । हाम्रो घटकहरूसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #madhav nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट