Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्डलाई विश्वासको मत दिन्छौँ : सीके राउत


काठमाण्डौं, ६ चैत । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो बताएका हुन् । उनले नेपालमा सङ्घीयता नौलो कुरा नरहेको उल्लेख गरे । नेपालमा बाइसे, चौबिसे राज्य भनेको सङ्घीयता नै रहेकोले पछिल्लो समय त्यसलाई नै पुनःस्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

उनले भने ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यत्रो सङ्घर्ष गरेर सङ्घीयता ल्याउनुभएको छ । सङ्घीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरू नेपालमा थिए । त्यो भनेको सङ्घीयता नै हो । तर त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन । त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।’

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आउँदा दिनमा समेट्दै लैजानुपर्ने बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट