Techie IT
  • ४ असार २०८१, सोमबार
Jhilko

लुम्बिनी प्रदेशसभाका स्वतन्त्र सांसद सुरुल पुन माओवादी केन्द्रमै फर्किए


तुलसीपुर, ८ चैत । लुम्बिनी प्रदेशसभाको लागि स्वतन्त्र रूपमा निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुन नेकपा (माओवादी केन्द्र) मै फर्किएका छन् । उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र मै फकिएको जनाएका छन् ।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र नै रोजेका थिए । उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए । पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए । यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।


क्याटेगोरी : राजनीति, संसद, लुम्बिनी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट