Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सत्ता गठबन्धन दलहरुको बैठक सकियो, मन्त्रालय भागबण्डामा कुरा मिलेन


काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक भागवण्डाको कुरो मिल्न नसकेरै टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा खास विषयमा सहमती हुन सकेन । दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ ।

सहभागी एक नेताका अनुसार कांग्रेसले १० मन्त्रालयको दाबी गरेको छ भने एकीकृत समाजवादी र जसपाले ३ मन्त्रालय पाउनु पर्ने अडान राखेका छन् । गठबन्धनमा सम्बद्ध साना पार्टीलाई पनि समेटेर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० गतेसम्म सरकार पुनर्गठन गर्ने बताउँदै आएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट