Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

स्ववियु चुनाव हुन नसकेका क्याम्पसहरुमा निर्वाचन अनिश्चित


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १८ आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन । ति क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । तीमध्ये अधिकांश क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले ताला लगाएको कारण स्ववियु निर्वाचन अनिश्चित देखिएको हो ।

१३ वटा आंगिक क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दीको कारण निर्वाचनको प्रकृया अगाडि बढ्न सकेको छैन । ठाकुरराम बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, धौलागिरी क्याम्पस, डोटी बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघले ताला लगाएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन इ.क्याम्पस र अमृत साइन्स (अस्कल) क्याम्पसमा अखिल (क्रान्तिकारी)ले ताला लगाएको छ । त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले ताला लगाएको छ भने रत्नराज्य (आरआर) मा अनेरास्ववियूले ताला लगाएको छ ।

बन विज्ञान क्याम्पस पोखरामा चैत १२ गते र आयुर्वेद क्याम्पसमा चैत २१ गते निर्वाचन मिति तोकिएको छ । बाँकी क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित देखिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट