Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कोर्ष परिवर्तन गर्न भन्दै राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भन्नेहरूको बैठक बसिरहेको छ : माधव नेपाल


काठमाडौं, १० चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोर्ष परिवर्तन गर्न भन्दै राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भन्नेहरूको बैठक बसिरहेको बताएका छन् ।

पार्टी निकट भूतपूर्व सेना तथा प्रहरीको प्रशिक्षण कार्यक्रममा उनले नेपालमा गतिला राजा छन् ? भन्दै प्र्रश्न गरे । उनले राजनीतिले एउटा दिशा लिएको र कसैले टाउको फुटाए पनि परिवर्तन नहुने बताए ।

“कोर्ष परिवर्तनका लागि भन्दै अहिले तपाईं देखिरहनुभएको छ, राजा आऊ, देश बचाऊ भन्ने । राजतन्त्रलाई पुनःस्थापना गर्नुपर्छ भन्नेहरू देखिरहेका छन् । तीनका मिटिङ, बैठक बसिरहेका छन्,” नेपालले भने, “के नेपालमा राजा कुनै गतिला छन् ? भष्ट्राचारमुक्त छन् ? शुसानको पक्षपोषक र त्यागी तपस्वी छन् ? जोगी सन्यासी भएर आएका छन् ? छोरो जोगी होला भन्ने लाग्ला दाह्री पालेको देखेर तर उनी भोगी हुन् ।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट