Techie IT
  • ४ वैशाख २०८१, मंगलबार
Jhilko

समाजभित्र गणतन्त्रको संस्कृति छिर्न सकेन : मन्त्री किराती


काठमाडौं, ११ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समाजभित्र गणतन्त्रको संस्कृति छिर्न नसकेको अनुभव भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आँचल कुसुम अधिकारीद्वारा रचित कविता संग्रह मन पग्लिएछ भने विमोचन गर्दै मन्त्री किरातीले मुलुकमा शासन गर्ने पात्र फेरिए पनि वास्तविक रूपमा गणतन्त्र समाजको जरासम्म विस्तार गर्न नसकेको अनुभव भएको बताएका हुन् ।

त्यस्तै उनले देशमा आर्थिक विकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने भएपनि सपनामा स्वदेशको बिउ रोप्न नसके मुलुकको विकासको सपना साकार हुन नसक्ने बताए । रोजगारको अभावमात्रै विदेशिनुका कारण नभएको भन्दै मन्त्री किरातीले देशमा स्वदेशी सपना नभएर पनि युवाहरूमा बाहिर जाने इच्छा बढेको देखिएको धारणा राखे ।

उनले मुलुकको विद्यमान पाठ्यक्रममा पनि स्वदेशी सपनासहितको विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने जिकिर गरे ।


क्याटेगोरी : राजनीति, साहित्य
ट्याग : #hot, #sudan kirati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट