Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपतिले नियुक्ति गर्न मिल्दैन : सांसद पन्त


काठमाण्डौं, १२ चैत । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषदमात्रै भएको बताएका छन् ।

प्रतिनिधिसभाको आज आइतवारको विशेष समयमा भाग लिँदै उनले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार नभई विज्ञमात्र आवश्यक रहेको उल्लेख गरे ।

पूर्वमन्त्री पन्तले भने, ‘अहिलेको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नुपर्छ । कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपतिले नियुक्ति गर्न मिल्दैन ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट