Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संसदमा माफी मागे


काठमाण्डौं, १२ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा नियमावली आफूले उल्लङ्घन गरेको स्वीकार गर्दै माफी मागेका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै प्रतिनिधि सभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उल्लङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन् ।

एमाले सचेतक बर्तौलाले सत्तारूढ दलकै सांसदले प्रतिनिधि सभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको भन्दै भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलिका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटक–पटक मर्यादा विपरीत काम भइरहेको छ । प्रतिनिधि सभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक–पटक यो संसद्को गरिमा र महत्त्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरूबाट यस प्रकारको काम भइरहेको छ । सत्तापक्षका माननीयज्यूहरूबाट यस प्रकारको काम भइरहेको छ । यो विषयमा सभामुखको ध्यानाकर्षण होस् ।’

त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराएका थिए । यही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भने, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भएअनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उल्लङ्घन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #congress, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट