Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गृह र सञ्‍चार माओवादीले राख्‍छ : प्रचण्ड


काठमाडौं, १३ चैत । सरकार विस्तार गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल भएको थियो ।

मन्त्रिपरिषद्‌ विस्तार हुँदा गृह र सञ्‍चार मन्त्रालय माओवादीले राख्‍नुपर्ने नेताहरूले धारणा राखेका थिए । नेताहरूको कुरा सुनेपछि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह र सञ्‍चार माओवादीले राख्‍ने गरी सत्ता गठबन्धनका अन्य दलहरूसँग छलफल अघि बढेको बताएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय कांग्रेसलाई दिनेगरी छलफल अघि बढेको ब्रिफिङ गरेका थिए । आफूले सत्ता गठबन्धनमा थप एक मन्त्रालय लिनेगरी छलफल अघि बढाएको प्रचण्डले बताएका थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट