Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितसँग भेट गर्ने


काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग भेट गर्ने तयारी गरेका छन्। मिटर ब्याज पीडितका मागका विषय वस्तु बुझ्न गठित चार सदस्यीय टोलीले भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट गर्ने तयारी गरेका हुन्।

मिटर ब्याज पीडितसँग चार सदस्यीय टोलीले भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट्ने समय तय गरिने भएको छ। सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ।

समितिमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्।

सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता हटाउन संसद्‍मा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ।‍​ आजै बस्ने मन्त्रिपरिषदको बैठकले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसँग भेटेर पीडा सुनाउन चाहन्छन् मिटरब्याज पीडत

मिटरब्याज पीडितहरुलाई न्याय देऊ


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट