Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले पार्टी छोडे


काठमाडौं, १४ चैत । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले पार्टी छोडेका छन्।

नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला मंगलबार बसेको समाजवादीको सचिवालयको बैठके उनको राजीनामा स्वीकृत गरेको हो। एक महिना अघिदेखि नै उनले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो।

अध्यक्ष माधव नेपालसमेतको उपस्थितिमा मंगलबार आलोकनगरमा बसेको बैठकले पार्टीका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा सचिवालयको बैठकले स्वीकृत प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
पछिल्लो समय न्यौपाने एमालेमा फर्कन लागेको संकेत गर्दै एमाले मकवानपुरका नेताहरूले भेटघाटका तस्बिर सार्वजनिक गरिरहेका थिए। एमाले मकवानपुरका सचिव नवीन सिग्देलले यसअघि नै समाजिक सञ्जालमा न्यौपानेसँगका तस्बिरहरु सार्वजनिक गर्दै सम्झनलायक क्षण भनेका थिए।

तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए। एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपाने भने एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने लाइनका मुख्य नेता थिए।

उनका दाइसमेत रहेका माधव नेपालका विश्वासिला पात्र मुकुन्द न्यौपानेले यसअघि एमालेसँग मिल्नुपर्ने विषय पार्टी कमिटी बैठकमै उठाएका थिए। एकीकृत समाजवादीभित्र न्यौपाने दाजुभाइसहित धेरै नेताहरू एमालेसँग मिलेर बलियो कम्युनिस्ट शक्ति निर्माण गर्नुपर्नेमा निरन्तर जोड दिइरहेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट