Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१६औं पटक मन्त्री शरदसिंह भण्डारी


काठमाडौं, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टीले शरदसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ। लोसपाले आफूले पाएको एउटा मन्त्रालय श्रम, रोजगारमा भण्डारीलाई पठाउने भएको हो।

उनी गत मंसिर ४ गतेको निर्वाचनमा महोत्तरी २ बाट निर्वाचित भएका थिए। भण्डारी १६औं पटक मन्त्री बन्दै छन्। उनी पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म १५ पटक मन्त्री बनिसकेका छन्।

वि.सं २०२८ सालदेखि सक्रिय राजनीतिमा आएका भण्डारी २०३८ सालमा पहिलोपटक सांसद बनेका थिए। २०३८ सालदेखि २०७९ सालसम्म आइपुग्दा ३ पटक पराजित भए भने ६ पटक विजयी बने।उप्रधानमन्त्रीसमेत बनिसकेका भण्डारी विभिन्न मन्त्री र राज्यमन्त्री गरी १५ पटकसम्म सरकारमा सामेल भइसकेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट