Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रास्वपाबाट स्वर्णिम वाग्ले बने तनहुँ–१ मा उम्मेदवार


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेस पार्टी त्यागेसँगै वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् ।

रास्वपाका नेता अरनिको पाण्डेले ट्वटीरमा लेख्दै वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरेका छन् । वाग्लेले आजै पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो ।

कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन् । आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट