Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

अशोक राई शिक्षा र महिन्द्र राय महिला मन्त्री बन्दै


काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी जसपाबाट अशोक राई मन्त्री बन्ने भएका छन्। दुई वटा मन्त्रालय पाएको जसपाले राईको मात्रै नाम पठाएको हो।

उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइने नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। अर्को वन तथा वातावरण मन्त्रालयमा नेताहरू राजकिशोर यादव र प्रदीप यादवको दाबी छ। अध्यक्ष उपेन्द्र यादवले दुईमध्य कसलाई पठाउने भन्नेबारे निर्णय गर्न सकेका छैनन्।

यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव पनि मन्त्री बन्दैछन्। उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट