Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सीके राउतको ट्वीट : जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन


काठमाडौं, १७ चैत । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै सीके राउतले ट्वीट गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् । त्यसअघि जनमत पार्टीबाट सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिएका थिए । खानलाई बधाई दिँदै उनले लेखेका छन्, ‘मा. अब्दुल खानलाई धेरैधेरै बधाई छ– उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन ।’

सीके राउतले आफूहरु जनताको सेवक रहेको पनि जनाएका छन् । उनले लेखेका छन्, ‘जनतासँग गरेको बाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको बाचा पूरा गर्न सकिएन भने टाँसिरहनुको औचित्य हुँदैन ।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट