Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादी नेता श्रीराम ढकालद्वारा तनहुँ–१ को उपनिर्वाचन टिकट अस्वीकार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल ‘प्रशान्त’ ले तनहुँ– १ मा पार्टीका तर्फबाट उम्मेदवारका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै ढकालले तनहुँ जिल्ला पार्टी र तनहुँ काठमाडौँ सम्पर्क समन्वय समितिले उम्मेदवारका लागि गरेको सिफारिस अस्वीकार गरेका हुन् ।

उनले आफ्नो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिावबकीय भूमिकामा रहने सोचाई भएकोले वैशाख १० गते हुने उपर्विाचनमा उम्मेदवार नहुने बताएका छन् ।

जारी विज्ञप्तिमा उनले भनेका छन्– ‘मेरो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिभावकीय भूमिकामा रहने सोचाई भएकोले म आगामी वैशाख १० गते हुन गैरहेको उपनिर्वाचनमा तनुहँ जिल्ला क्षेत्र नम्बर १ को उम्मेदवार नहुने घोषणा गर्दछु ।’ माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव समेत रहेका ढकालले अबको पार्टी र राजनैतिक आन्दोलनको नेतृत्व युवा पंक्तिबाट हुनुपर्ने भन्ने आफ्नो मान्यता रहेको बताउँदै पार्टीका तर्फबाट हुने युवा उम्मेदवारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

ढकालले उम्मेदवारका रुपमा सिफारिस गर्ने तनहुँ जिल्ला पार्टी र तहनुँ काठमाडौँ सम्पर्क समन्वय समितिलाई धन्यवाद दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ सहित बारा र चितवनमा पनि वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट