Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिक उन्मुक्ति पार्टीले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने


काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।

१० दलीय सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्य दललाई समर्थन नगरी तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन लागेको हो। सो पार्टीका नेता लक्ष्मण थारूका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको छ।

उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले आज अपराह्न ५ बजे सम्मको समय दिएको छ। मनोनयन गराउन सम्बन्धित निर्वाचन कार्यालयमा जाने नेता थारूले बताए। आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट