Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारले न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक गर्ने


काठमाडौं, २३ चैत । १० दलीय सत्ता गठबन्धनले आज बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।

दल र नेताहरूले केही साना सुझाव भए दिन सक्ने र ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको उनले जानकारी दिए ।

“राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा,” उनले भने, “सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ ।”


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट