Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पुराना नीति, योजना र कार्यक्रमहरूबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न सकिँदैन : राजन दाहाल


काठमाडौं, २३ चैत । । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) ले पुराना नीति, योजना र कार्यक्रमहरूबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहाले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका हुन् ।

उनले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताए । उनले संसद् जनताको आवाज बोल्ने थलो मात्रै नभई जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको पनि बताए । सांसद दाहालले संसद्लाई कुरा गर्ने थलोको रूपमा नभई काम गर्ने थलोको रूपमा रूपान्तरण गर्नुपर्ने धारणा औँल्याए ।

‘‘संसद् जनताको आवाज बुलन्द गर्ने मात्रै थलो होइन । संसद् जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो । काम गर्ने थलो हो । कुरा गर्ने थलोलाई काम गर्ने थलोमा रूपान्तरण गर्नैपर्छ । हामीले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट अहिलेको नयाँ आवश्यकता हामीले पूरा गर्न सक्दैनौँ । हामीले पुराना नीति, योजना र कार्यक्रम बजेटबाट अहिलेको नयाँ आवश्यकता पूरा गर्न सकिन्न ।,’’ सांसद दाहालले भने, ‘‘अहिले देखिएको आर्थिक सङ्कट हामीले पैदा गरेको आर्थिक सङ्कट होइन । केही हाम्रा आन्तरिक कमजोरी, आन्तरिक व्यवस्थापन हामीले ठीक ढङ्गले गर्न नसक्दा पैदा भएको आर्थिक सङ्कट र कोभिड १९ र रुस, युक्रेन युद्धसँग सम्बन्धित आर्थिक सङ्कट । तर यो आर्थिक सङ्कट, आर्थिक चुनौतीको समस्या समाधान हामी सबैले मिलेर गर्नुपर्छ । हाम्रो बीचमा शङ्काको सम्बन्धलाई विश्वासको सम्बन्धमा बदल्नुपर्छ ।’’

सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिबद्धता गरे अनुरूप नै चलेको बताए । जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उनको भनाइ छ । त्यस्तै, आर्थिक सूचकाङ्कमा पनि सकारात्मक सुधार आएको उनले बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट