Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारको न्यूनतम साझा कार्यक्रममा जनमोर्चाले हस्ताक्षर गरेको छैन : अध्यक्ष केसी


काठमाडौं, २४ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको बताएका छन्।

एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले सरकारले बिहीबार ल्याएको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा आफ्नो पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको उनले बताएका हुन्।

उनले संघीयता, मानव अधिकारको गम्भीर उल्लंघनकर्ताहरुलाई सजायको दायरामा ल्याउन संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जन गर्नुपर्ने, नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानका विरुद्ध आफूहरुले लगातार लामो समयदेखि संघर्ष गर्दै आएको उनको जिकिर छ।

‘विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौँ। पाँच दलीय सरकारद्वारा जारी गरिएको न्यूनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौँ। अहिले पनि हाम्रो त्यो नीति कायम नै छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजिटल हस्ताक्षर कता राखिएको भन्ने सन्दर्भमा प्रधानमन्त्री र अध्यक्ष चित्रबहादुर केसीबीच सम्वाद भएको सत्य हो। तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन। त्यसैले अध्यक्ष का। चित्रबहादुर केसीको हस्ताक्षर भ्रमवश नै न्यूनतम साझा कार्यक्रममा परेको कुरा सम्बद्ध सबैलाई जानकारी गराउँदछु।’

सरकारले हिजो मात्रै गठबन्धनमा आवद्ध सबै दलहरूको सहमतिमा भन्दै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #chitra bahadur kc, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट