Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आकस्मिक समयमा बोलिरहेका कांग्रेस सांसद् वीरवहादुर बलायरलाई सभामुखले रोकेपछि…


काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोलिरहेका नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई सभामुखले रोकेका छन् ।

उनले आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोकेका हुन् । बलायरले बैठकमा सुदुरपश्चिमको राजधानीलाई केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको भनिरहँदा उनको भनाइ सभामुखले रोकेका हुन् ।

आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको बिचको घटना वा विषयमा मात्र उठान गर्न पाइने भएकाले बलायरलाई सभामुखले बिचैमा रोेकेका हुन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #sadan

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट