Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैनन् : सञ्चारमन्त्री शर्मा


काठमाडौं, २४ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नबढ्ने स्पष्ट पारेकी छिन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नबढ्ने बताएकी हुन्।

मन्त्री शर्माले दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफू स्पष्ट रहेको जिकिर गरिन्। दूरसञ्चार ऐनलाई अन्तिम रुप दिनका लागि सरोकारवालासँगको छलफल र यसअघिको कानुनलाई टेकेर मात्रै अघि बढ्ने उनले बताए।

दूरसञ्चार ऐन २०५३ लाई खारेज गरेर नयाँ दूरसञ्चार विधेयक तर्जुमा गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेको जानकारी दिँदै मन्त्री शर्माले उक्त विधेयकको विषयमा प्रारम्भिक मस्यौदा तयार गर्न छलफल सुरु भएको बताए।

त्यस्तै उनले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको पहुँचमा पुर्‍याउनका लागि काम भइरहेको जानकारी दिए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट