Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिक उन्मुक्ति पार्टीले पुसको पहिलो साता पहिलो महाधिवेशन गर्ने


काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पहिलो महाधिवेशन आगामी २०८० पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा शुक्रबार सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि २०८० वैशाख ४ देखि ६ सम्म महाधिवेशन गर्ने मिति तोकिएको थियो । पार्टीले आगामी मंसिर मसान्तसम्म पार्टी संरक्षक रेशम चौधरीलगायत टीकापुरका राजवन्दीको रिहाई हुने आकलन गर्दै महाधिवेशनको अर्को मिति तय गरेको हो ।

यसै गरी, १३६ सदस्यीय केन्द्रीय कार्यसमितिलाई अनुमोदन गरेको छ । उता पार्टीको महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिइएको छ । पत्रकार ऋषि धमलाका पत्नी एलिजा दुई महिना पहिले मात्र पार्टीमा भित्रिएकी थिइन् । पहिले पार्टीको महिला विभाग संयोजक रहेकी अधिवक्ता गीता चौधरीलाई कानुनी संयोजकको जिम्मेवारी दिएपछि उनी असन्तुष्ट भएकी छिन् ।

यसै गरी यसअघि प्रवक्तामा सीमित दामोदर पण्डित पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने उपाध्यक्षद्वयमा लक्ष्मणकिशोर जोगेठ्वा थारु तथा हिमाञ्चल भट्टराई चयन भएका छन् । यी तीनै कैलालीका हुन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट