Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चितवन–२ मा जितनारायणलाई जिताउन विद्रोही कांग्रेसको अपिल


काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई कांग्रेसका विद्रोहीहरूले पनि अपिल जारी गरेका छन् ।

चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ। यहाँ कांग्रेसका श्रेष्ठ सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्।

१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गर्दै कांग्रेस उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आग्रह गरेका हुन्।

गत मंसिरमा केन्द्रीय सदस्य कोइराला टिकटका आकांक्षी थिए। कांग्रेसले टिकट नदिएपछि विद्रोह गर्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दिए पनि पराजित भएका थिए। पार्टी निर्देशन अवज्ञा गरेको भन्दै कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो।

कोइरालासहित ४ जनाले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै अपिल जारी गरेका हुन्।

‘चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई विजयी गराउन हामी हार्दिक अपिल गर्दछौं। कांग्रेसका समस्त कार्यकर्ता तथा शुभचिन्तकलाई एकढिक्का बनेर लागिपर्न आह्वान गर्दछौं,’ उनीहरूले जारी गरेको अपिलमा उल्लेख छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट