Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खाने मामलामा डा. सुनील वाहेक सबै एक


काठमाडौं । काठमाडौंमा घर नहुने सांसदले घरभाडा बुझ्नु एउटा कुरा, घर हुने सांसदले समेत घर मर्मतसम्भार शिर्षकमा संसद सचिवालयबाट रकम बुझ्ने गरेको तथ्य खुलेपछि सांसदहरू आलोचित भएका छन् ।

अरु त अरु विश्वका अर्बपतिमध्ये १९२९औं स्थानमा रहेका व्यापारी विनोद चौधरीले समेत घर मर्मतसम्भार भन्दै मासिक नौ हजार बुझ्ने गरेका छन् । उनी नवलपरासी–१ बाट निर्वाचित कांग्रेस सांसद हुन् । एक समय उनी एमालेका समानुपातिक सांसद थिए ।

आफूलाई धेरै क्रान्तिकारी र लोकतान्त्रिक बताउने सांसदबीच बरु एक डा. सुनील शर्माले भने घरभाडा र मर्मतसम्भार, कुनै शीर्षकमा रकम बुझेका छैनन् । संसद सचिवालयलाई लिखित पत्र दिएर नै आफूलाई कुनै पनि फजुल सुविधामात्र होइन पारिश्रमिक समेत आवश्यक नपर्ने जानकारी उनले गराएका थिए । उनी मोरङ–३ बाट निर्वाचित कांग्रेस सांसद हुन् ।

संसद सचिवालयले शिर्षकैपिच्छे भन्दा पनि मुष्ठ रकम सांसदको खातामा जम्मा गरिदिने भएकाले सांसद आफैंले सुरुमा भरेको विवरणका आधारमा घरभाडा वा मर्मतसम्भारका नाममा रकम गएको देखिन्छ । यस सन्दर्भले सादगी सोचका कयौं सांसदलाई समेत विवादित बनाउन त खोजेको छ तर कसैले पनि सुनील शर्माले जसरी म फजुल सुविधा लिन्न, मलाई त्यो रकम आवश्यक छैन भन्ने आँट भने गर्न सकेका छैनन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट