Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्व माओवादी नेता लेखराज भट्टको कैलालीस्थित घरमा पुगे प्रचण्ड


काठमाडौं, २६ चैत ।प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का सचिव लेखराज भट्टको घरमा पुगेका छन् । आइतबार उनी कैलालीस्थित पूर्वमाओवादी नेता भट्टको घरमा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने क्रममा अहिले कैलालीमा छन् । सोही क्रममा उनी चिया र खाजाका लागि भट्टको घरमा पसेका हुन् । त्यहाँ उनीहरूबीच कुराकानी भएको छ ।

माओवादीमा हुँदा भट्ट प्रचण्डका विश्वासपात्र थिए । भट्ट एमालेतिर लागेपछि उनीहरू दुवैले एकार्काको आलोचना गरेका थिए । यसअघि विमानस्थलमा भेट हुँदा समेत उनीहरू एकापसमा बोलेका थिएनन् । प्रधानमन्त्री प्रचण्ड अहिले भट्टको घरमा जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट