Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

लेखराज भट्टको घरमा प्रचण्ड : यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ, त्यसैले यो घर मेरो पनि हो


धनगढी, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको अत्तरियास्थित निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्ड,भट्ट र उनकी श्रीमतीबीच भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक तथा पारिवारिक विषयमा छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ।’

भट्टले समसायिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले भने, ‘प्रचण्डजीले भनेजस्तै यो मेरो घर उहाँको पनि हो। हामीबीच लामो सम्बन्ध छ।’ सञ्चारकर्मीहरूले तपाईंलाई प्रचण्डले पुरानै घरमा फर्काउने प्रयास गर्नु भएको होइन ? भन्दै प्रश्न गरेका थिए। भट्टले अहिले माओवादीमा फर्किने सम्भावना नरहेको भन्दै जबाफ दिएका थिए। भट्ट पूर्वमाओवादी नेता समेत हुन्। उनी नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तर समारोहमा सहभागी हुन् आइतबार बिहान धनगढी आइपुगेका हुन्। सोही क्रममा प्रचण्ड र भट‍्टबीच भेटवार्ता भएको हो।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट