Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपतिको सञ्चार सचिवमा पत्रकार किरण पोखरेल नियुक्त


काठमाडौँं, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार सचिवमा पत्रकार किरण पोखरेललाई नियुक्त गरेका छन् । राष्ट्रपतिले पोखरेललाई सञ्चार सचिवमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका पोखरेल यसअघि सूचना आयोगका पूर्व आयुक्तसमेत भइसकेका छन् । उन नेपाल प्रेस युनियनको पूर्व अध्यक्ष पनि हुन् ।

यसअघि, राष्ट्रपति पौडेलले प्रेस संयोजकमा खिला कार्कीलाई नियुक्त गरेका थिए ।

यसैगरी, राष्ट्रपति पौडेलले राजनीतिक विज्ञमा सुनीलबहादुर थापा, कानुनी विज्ञमा बाबुराम कुँवर, परराष्ट्र विज्ञमा डा। सुरेशचन्द्र चालिसे, आर्थिक विज्ञमा डा। चिरञ्जीवी पौडेल र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गर्नुभएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट