Techie IT
  • ३० चैत्र २०८०, शुक्रबार
Jhilko

रास्वपा :अराजकताको उपिया गति


रवि पार्टीले अराजकतामा खेल्न खोजेको भन्नुको अर्थ विगतदेखि क्रियाशीलहरू ठीकठाक छन् भन्ने होइन । ती ठीकठाक थिए भने अराजकताको यत्रो मलजल र ‘ग्राउन्ड’ नै निर्माण हुँदैनथ्यो । तर, तिनलाई आफूले संस्थागत बलिदानी संघर्ष गरेर ल्याएको राजनीतिक परिवर्तनप्रति केही न केही जिम्मेवारी हुन्छ । तिनले चुस्त वितरण, सेवा र विकास–निर्माणको सामाजिक गुणवत्ताको बाटोमा देशलाई डोहो¥याउन सके भने रवि मात्र होइन, स्वर्णिम वाग्ले, रमेश खरेल र बालेन साह जस्ताको हाउगुजीको पछाडि लाग्ने जमात पनि तीसँग तत्क्षण विकर्षित भई हाल्छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री हुन पार्टीको ‘कोर टिम’ लाई रकम बुझाउनुपर्ने हुनाले मेडिकल व्यापारी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको छ । यस प्रकरणले छ महिनामै नसोंचेको ढङ्गले स्थापित भयो भनिएको रास्वपालाई जिरो धरातलमा झारिदिएको छ ।

पार्टी बनाउनुअघि टेलिभिजन प्रस्तोताका रूपमा स्वयं रवि लामिछानेले विभिन्न घटना सम्बन्धितसँग रकम बार्गेनिङ गर्ने गरेको गाइँगुइँ नसुनिएको होइन । तर, उनको कार्यक्रमले बेच्ने मानव समवेदनाका अगाडि त्यसको खासै वास्ता भएन । त्यही समवेदना भड्काउँदै उनी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रविका रूपमा जनतामा आए । र, छ महिनाबीचमै आफूलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री सावित गरे ।

रवि र रवि पार्टीको उपिया गति अराजक समाज धरातलको प्रकटीकरण थियो । उपियाँ छलेरै फड्किन्छ, चुस्छ पनि तर त्यो समाप्तिको नियतिमा हुन्छ । फड्काइमा जतिसुकै चातुर्यता देखाओस कसैले पनि उपियाँ पालिराख्न चाहदंैन । विवादास्पद पारिवारिक सम्बन्ध, सहकर्मीले दोषीका रूपमा नामै किटेर आत्महत्या गर्नुपर्ने जस्ता विवादास्पद व्यावसायिक चरित्र, दोहोरो नागरिकता र दोहोरो पासपोर्ट जस्ता राष्ट्रविरुद्ध फौजदारी भन्न मिल्ने विवादास्पद गतिविधिलाई समेत ताली पड्काएर वाहवाही गर्ने एक तहका अराजक जत्था रविको वरिपरि रहे पनि तिनले रविलाई बचाउन सक्दैनन् । त्यसैले उनी गृहमन्त्रीको कुर्सीबाट बहिर्गमित हुन पनि कुनै समय लागेन । उनका पार्टीका अरु मन्त्रीको त के कुरा र ?

रविले चितवनको एक चुनावीसभामा आफ्ना विरोधीलाई जेल कोच्ने उत्तेजक, भद्दा र अराजक अभिव्यक्ति दिएको भोलिपल्टै ढाकाकुमार काण्ड बजारमा आएको छ । र, रवि स्वयंको उदयको, रवि पार्टीको उदयको, त्यसको नाटकीय सफलताको, त्यसको नाटकीय पतन चरणको कारणहरू विस्तारै सतहित हुँदै गएका छन् । यसको मूल कारण त बोलेकै भरमा, अरुलाई गाली गरेकै भरमा, अरुका कमजोरी वा बेथिति औंल्याएकै भरमा राजनीतिमा ‘म पनि हिरो बन्छु’ भन्ने छिपछिपे बौद्धिक अतृप्तता नै हो । राजनीतिमा ‘हिरो’ हुन त बैचारिक प्रष्टता र राजनीतिक भिजन अनि विनम्रता चाहिन्छ । नयाँ पुस्तासँग संघर्षको विरासत छैन रे लौ तर संघर्षलाई बुझ्ने, त्यसभन्दा महत्वको कुरा आफैं सादगी, चरित्रवान र प्रगति गन्तव्यको खाका बोक्ने व्यक्तित्वले मात्रै सार्थक राजनीति हाँक्न सक्छ ।

विवादास्पद गतिविधि भएकैले उनले सांसद र मन्त्री पद गुमाउनुप¥यो । उनले जितेर गुमाएको र फेरि लड्न तयार रहेको चितवन दुई अनि राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनपछि खाली भएको तनहुँ एक र बारा दुईमा उपचुनाव हुने सम्मुख समयमा ढाकाकुमार काण्ड आएको हो । ढाकाकुमार काण्डले रवि र उनको पार्टीलाई नैतिक रूपमा जिरो धरातलमा झारिदिएको त छ नै, भ्रष्टाचार विरोध र सुशासन आवरणमा उनीहरूभित्रै कसरी भ्रष्टाचार मौलाउँदो छ भन्ने समेत सावित गरेको छ । जब उत्पत्ति नै अराजकताको जगमा भएको छ भने त्यसका क्रियाकलापका, गतिविधिका ध्येयहरू कसरी गतिलो होस !

स्वास्थ्यमन्त्री बन्नका लागि दुई करोड बुझाउनैपर्ने वाध्यता ढाकाकुमारको भएजस्तै, यद्यपि अन्ततः उनी मन्त्री बन्न पाएनन्, मन्त्री बनेका अरु तीन मन्त्रीले रविको कोर टिमलाई कतिकति करोड बुझाए होलान ? प्रश्न टड्कारो भएर खडा छ । तैपनि रोचक कुरा के छ भने सांसद ढाकाकुमारले आफू र पार्टीलाई जोडेर यसरी दुईकरोड काण्ड मच्चाउँदा पनि रवि र उनका साइबरेहरू घोर लडाइँ जितेजस्तो गर्दैछन् । मानौं यसैकारण उपचुनाव जीत झन निश्चित बन्यो । मानौं यसैकारण पार्टी झन तगडा बन्यो । यो पनि अराजक रवैयाको अभिव्यक्ति हो ।

रविले चितवनको एक चुनावीसभामा आफ्ना विरोधीलाई जेल कोच्ने उत्तेजक, भद्दा र अराजक अभिव्यक्ति दिएको भोलिपल्टै ढाकाकुमार काण्ड बजारमा आएको छ । र, रवि स्वयंको उदयको, रवि पार्टीको उदयको, त्यसको नाटकीय सफलताको, त्यसको नाटकीय पतन चरणको कारणहरू विस्तारै सतहित हुँदै गएका छन् । यसको मूल कारण त बोलेकै भरमा, अरुलाई गाली गरेकै भरमा, अरुका कमजोरी वा बेथिति औंल्याएकै भरमा राजनीतिमा ‘म पनि हिरो बन्छु’ भन्ने छिपछिपे बौद्धिक अतृप्तता नै हो । राजनीतिमा ‘हिरो’ हुन त बैचारिक प्रष्टता र राजनीतिक भिजन अनि विनम्रता चाहिन्छ । नयाँ पुस्तासँग संघर्षको विरासत छैन रे लौ तर संघर्षलाई बुझ्ने, त्यसभन्दा महत्वको कुरा आफैं सादगी, चरित्रवान र प्रगति गन्तव्यको खाका बोक्ने व्यक्तित्वले मात्रै सार्थक राजनीति हाँक्न सक्छ ।

रवि पार्टीको उदय भने राम्रो गर्ने भन्दै तर के राम्रो गर्ने थाहै नभएको जगमा भएको हो । त्यसले निर्माण गर्ने भनेको झन ठूलो सामाजिक नैराश्यता र अराजकता मात्रै हो । कुनै पनि पार्टीमा राम्रा, नराम्रा मानिस हुन्छन् तर एउटै ढाकाकुमारले सम्पूर्ण पार्टीलाई जिरो नैतिक धरातलमा ल्याइदिने परिस्थिति भनेको त्यो पार्टीको विचारहीनता नै हो । र, परिस्थितिलाई लोभग्रस्त अराजकतामा पु¥याउँछु अनि अराजकतामा झन खेल्न पाउँछु भन्ने महत्वकांक्षाले निर्देशित गरेको चरित्र नै हो ।

रवि पार्टीले अराजकतामा खेल्न खोजेको भन्नुको अर्थ विगतदेखि क्रियाशीलहरू ठीकठाक छन् भन्ने होइन । ती ठीकठाक थिए भने अराजकताको यत्रो मलजल र ‘ग्राउन्ड’ नै निर्माण हुँदैनथ्यो । तर, तिनलाई आफूले संस्थागत बलिदानी संघर्ष गरेर ल्याएको राजनीतिक परिवर्तनप्रति केही न केही जिम्मेवारी हुन्छ । तिनले चुस्त वितरण, सेवा र विकास–निर्माणको सामाजिक गुणवत्ताको बाटोमा देशलाई डोहो¥याउन सके भने रवि मात्र होइन, स्वर्णिम वाग्ले, रमेश खरेल र बालेन साह जस्ताको हाउगुजीको पछाडि लाग्ने जमात पनि तीसँग तत्क्षण विकर्षित भई हाल्छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट